१६ श्रावण २०८०, मंगलवार ०८:२५
काठमाडौं, साउन १६
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
सोमबार पनि एमालेले अवरोध गर्ने भएपछि सभामुख देवराज घिमिरेले सूचना टाँस्न लगाएर बैठक मंगलबार दिउँसोसम्मका लागि स्थगित गर्नुभएको थियो ।
आज मंगलबार बैठक बस्नु अघि नै कुनै सहमति भए बैठक सुचारु हुनेछ ।





