१६ श्रावण २०८०, मंगलवार १६:४३
काठमाडौं, साउन १६
प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने अडान कायमै राखेपछि मंगलबार १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर साउन २२ गते सोमबार बस्नेगरी स्थगित गरिएको हो ।





