१७ श्रावण २०८०, बुधबार ०८:४४
काठमाडौँ, साउन १७
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने सवालमा नेताहरू इमान्दार बन्नुपर्ने बताउनुभएको छ ।
अनेरास्ववियू काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समयमा राजनीतिक दलका शीर्ष नेताहरू नै देशप्रति इमान्दार नभएको भन्दै देश र जनतालाई साक्षी राखेर इमानदारिता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
राजनीतिक दलका नेताहरू जनताप्रति जबाफदेही हुने र देशप्रति इमान्दार हुनेभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित हुने गरेको पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ ।





