१७ श्रावण २०८०, बुधबार ०८:५९
काठमाडौं, साउन १७
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्नुहुने भएको छ ।
बिहान साढे १० बजे मुख्यमन्त्री थापाले शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उहाँलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराउनु हुनेछ।





