१८ श्रावण २०८०, बिहीबार १०:४३
काठमाडौं, साउन १८
संवैधानिक परिषद्को बैठक बिहीबार साँझ ५ बजे बस्दैछ ।
गत मंगलबार बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति तथा अन्य संवैधानिक निकायमा रिक्त पदपुर्तीको लागि कुनै निर्णय गर्न नसकेपछि बिहीबार पुनः बैठक बस्न लागेको हो ।
मंगलबार प्रधानन्यायाधीशको नाम सिफारिस गर्न भनेर बसेको बैठक नाममा प्रवेश नै नगरी स्थगित भएको थियो । साउन २० गत अर्थात शनिबारदेखि प्रधानन्यायाधीश पद रिक्त हुँदैछ ।





