१८ श्रावण २०८०, बिहीबार १७:४२
काठमाडौं, साउन १८
सेयर बजार बिहीबार सामान्य सुधार देखिएको छ। यस दिन नेप्से सूचक ३ अंकले बढेको हो । यससँगै सूचक २०८९.८४ विन्दुमा अडिएको छ। १ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
मौद्रिक नीतिपछि घट्न थालेको बजार बुधबार सामान्य सकारात्मक बनेको थियो । बिहीबार पनि सूचकमा झिनो सुधार भएको छ। समग्रमा बजार साइडवेज चलेको देखिन्छ।
यस दिन २६२ कम्पनीको ५१ लाख ३० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। ९ करोड २३ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ ।





