२१ श्रावण २०८०, आईतवार ०९:०९
काठमाडौँ, साउन २१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ ।
संवादमा नेपाल भारत सम्बन्ध र प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका महत्वपूर्ण समझदारीहरूको कार्यान्वयनको प्रगतिबारे गहन कुराकानी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
भारतीय प्रधानमन्त्री कार्यालयले पनि सोही विषयमा विज्ञप्ति जारी गर्दै उहाँहरूबीच भारत–नेपाल द्विपक्षीय सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्दै दुई देशबीचको गहिरो सम्बन्धलाई अझ सुदृढ बनाउन र द्विपक्षीय साझेदारीलाई अगाडि बढाउनेबारे छलफल भएको जनाएको छ ।





