२२ श्रावण २०८०, सोमबार ०८:०९
काठमाडौं, साउन २२
सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने हुनुभएको छ । आज संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।
सभामुख घिमिरेले हिजो सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि उहाँले आज अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गर्नुभएको हो ।





