२३ श्रावण २०८०, मंगलवार १८:५२
काठमाडौं, साउन २३
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय सरकरले गरेका केहि कमीकमजोरीलाई लिएर संघियता बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नु भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै सङ्घीय मामिला मन्त्री मोदीले प्रदेश सरकार वा स्थानीय सरकारले काम गर्ने शिलशिलामा भएका कमजोरीले संघियता कमजोर नहुने बताउनुभयो । व्यवस्था र परिस्थिति सबै नयाँ भएको र अनुभव पनि नभएको अवस्थामा कमजोरी हुनु स्वभाविक रहेको मन्त्री मोदीले बताउनुभयो ।
स्थानीय तह, प्रदेश र संघको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भैसकेकोले विगतको अनुभव र कमजोरीहरु अहिलेको लागि मार्गदर्शक हुनेहुँदा नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नुभयो ।





