२४ श्रावण २०८०, बुधबार १७:४४
काठमाडौं, साउन २४
राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।
सुन प्रकरणमा छानविनको माग गर्दै एमालले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा साउन ३ गते झण्डै एकसय किलो सुन राजश्व अनुसन्धान बिभागको टोलीले समातेको थियो । एमालेले उक्त प्रकरण छानविनका लागि उच्च स्तरीय छानविन समिति बनाउनु पर्ने माग गर्दै बैठक अवरोध गर्दै आइरहेको छ । तर सरकारले छानविन समिति बनाउन अस्वीकार गर्दै आइरहेको छ ।
एमालेले सो माग राख्दै साउन १० यताका राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको छ ।





