२६ श्रावण २०८०, शुक्रबार ०७:४१
काठमाडौँ, साउन २६
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ ।
भेटमा उहाँहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहाल हिजो साँझ नियमित भेटघाटका क्रममा राष्ट्रपति कार्यालय पुग्नुभएको थियो ।





