१ भाद्र २०८०, शुक्रबार ०८:२९
काठमाडौं, भाद्र १
नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम भेगका विमानस्थलमा अपरान्ह १२ बजेपछि जहाज उडानमा लगाएको रोक हटाएको छ ।
अब प्राधिकरणले तोकेको समयभन्दा अतिरिक्त उडान गर्नुपर्दा चालक दलले लिखित घोषणा गरे पुग्ने छ ।
यसअघि छोटो धावनमार्ग भएका पहाडी भेगमा प्राधिकरणले अपरान्ह १२ बजेपछि उडानमा रोक लगाएको थियो । तर, हिमाली तथा पहाडी जिल्लामा विरोधपछि प्राधिकरणले उडानको नियमलाई खुकुलो बनाएको हो ।





