४ भाद्र २०८०, सोमबार ०७:४९
काठमाडौं, भाद्र ४
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो ।
राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि शितल निवासमा बोलाउनुभएको हो ।





