४ भाद्र २०८०, सोमबार ०८:१५
काठमाडौं, भाद्र ४
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बोलाइएको सर्वदलीय बैठक आज पनि बस्दैछ। सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको सर्वदलीय बैठक आज पनि बस्न लागेको हो।
आइतबार भएको छलफलमा विभिन्न विकल्पका बारेमा कुराकानी भएपनि सहमति हुन नसकेपछि बैठक आजका लागि बोलाइएको हो। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपरान्ह चार बजेका लागि बोलाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नबनेसम्म बैठक चल्न नसक्ने अडान लिँदै आएको छ।





