ललितपुर, भाद्र ४
भुटानमा हुने साफ यू–१६ च्याम्पियनसिप २०२३ का लागि नेपाली टोलीको घोषणा भएको छ।
मुख्य प्रशिक्षक रवीन्द्र सिलाकारले सो प्रतियोगिताका लागि यू–१६ राष्ट्रिय टोलीको घोषणा गरेका हुन्। नेपाली टोलीमा ३ जना गोलरक्षक, ८/८ जना रक्षापंक्ति र मध्यपंक्तिका खेलाडी र ४ जना अग्रपंक्तिका खेलाडी रहेका छन्।
प्रतियोगिता आगामी भदौ १५ गतेदेखि २४ गतेसम्म भुटानको राजधानी थिम्पुस्थित चाङग्लीमिथाङ रंगशालामा हुनेछ। प्रतियोगितामा नेपालसहित ६ वटा देशले भाग लिनेछन्। ६ देशका टिमलाई २ समूहमा विभाजन गरिएको छ र दुवै समूहको शीर्षमा रहने २ टोली सेमिफाइनलमा पुग्नेछन्।
समूह ए मा नेपालसहित भारत र बंगलादेश रहेका छन्। समूह बी मा भने आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान छन्।
नेपाली टोली
गोलरक्षक : विशेष बानियाँ, पेम्बा नुर्बु भोटे र भक्तबहादुर परियार
रक्षापंक्तिका खेलाडी : एकराज विश्वकर्मा, किशन थापा, अरबिन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशानराज लवट, किशोरकुमार दनुवार, सरन एस.के
मध्यपंक्तिका खेलाडी : सुजल स्याङ्तान, राम थामी, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, दिलन लिम्बु
अग्रपंक्तिका खेलाडी : सन्तोष गोंङ्बा, रोहित श्रेष्ठ, हिमेश माझी, दर्शन अधिकारी





