५ भाद्र २०८०, मंगलवार ०८:२०
काठमाडौं, भाद्र ५
चार देशीय टी–ट्वान्टी आई शृंखलाअन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग खेल्दैछ।
मलेसियाको बायमास ओभलमा मध्याह्न पौने १२ बजे खेल सुरु हुनेछ। आजदेखि सुरु हुने शृंखलामा नेपालसँगै मलेसिया, हङकङ र कुवेतको सहभागिता छ।
आईसीसी विश्वकप एसिया क्षेत्र छनोटका लागि मलेसिया गएको नेपाली टिमले अन्तिम अभ्यास स्वरुप चार देश सम्मिलित शृंखला खेल्न लागेको हो।
यसअघि हङकङमा भएको एसीसी महिला इमर्जिङ कपमा नेपाल र हङकङ खेल्ने तालिका भए पनि वर्षाका कारण खेल रद्द भएको थियो। त्यसअघि एसीसी महिला टी–ट्वेन्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको थियो।





