९ भाद्र २०८०, शनिबार १८:१६
काठमाडौं, भाद्र ९
नेपाल चारदेश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजको च्याम्पियन भएको छ ।
फाइनल खेलमा हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन भएको हो ।
नेपालले हङकङलाई डकवर्थ लुईस पद्दती अनुसार १३ रनले पराजित गरि सिरिज च्याम्पियन भएको छ । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा वर्षाका कारण खेल रोकिएको थियो । भारी वर्षाका कारण पुन खेल सुचारु हुन नसक्दा नेपाल विजयी भएको हो ।
वर्षा सुरु हुनु अघि नेपालले ५ दशमलब ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको थियो । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहेको थियो ।





