१० भाद्र २०८०, आईतवार १५:४५
काठमाडौं, भाद्र १०
सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमूलक रुपमा मनाउने भएको छ ।
आईतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा असोज २ गतेलाई सरकारले उपलब्धिमूलक र उत्साहजनक रुपमा शिक्षा दिवस मनाउने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताउनु भयो । उहाँले असोज २ लाई विशेष उत्साहका साथ मनाउने अठोट गर्नुभयो ।
मन्त्री राईले आफ्नो आफ्नो ठाउँबाट असोज २ को कार्यक्रलाई भव्यताका साथ उपलब्धिमूलक रुपमा मनाउन आह्वान गर्नुभयो ।





