११ भाद्र २०८०, सोमबार २०:५९
काठमाडौँ, भाद्र ११
राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा सुधिर भट्टराई नियुक्त हुनुभएको छ ।
उहाँका अनुसार राष्ट्रपति पौडेलले भट्टराई सहित तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।





