१२ भाद्र २०८०, मंगलवार ०७:५९
काठमाडौं, भाद्र १२
प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवा निर्वाचित हुनुभएको छ ।
हिजो सोमबार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिसोर साह सुडीले देउवा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गर्नुभएको हो ।
निर्वाचित भएपछि सभापति राणाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताउनुभयो । उहाँले संविधान अनुरुप र जनताको आसा अनुरुप सरकारलाई सुझाव दिने बताउनुभयो । सभापति राणाले कृषि वृहत क्षेत्र रहेको भन्दै आफूले सदैव समन्वयकारी भूमिका निर्वाह गरेर अघि बढ्ने बताउनुभयो ।





