१२ भाद्र २०८०, मंगलवार ०९:५४
काठमाडौं, भाद्र १२
कोशी, मधेश र बागमती प्रदेशमा मंगलबार सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





