१४ भाद्र २०८०, बिहीबार १०:५५
काठमाडौं, भाद्र १४
आज छैटौँ विश्व संस्कृत दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर याे दिवस मनाउने गरिन्छ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा काठमाडाैंमा आज मूल समारोह आयोजना गरिएको छ । साे समाराेहमा देश तथा विदेशबाट कार्यपत्र, संस्कृत रचना तथा विशिष्ट वक्तव्यको प्रस्तुति पनि हुनेछ । नेपाल लगायत अन्य देशमा रहेका नेपालीले पनि याे पर्व मनाउँदैछन् ।





