१५ भाद्र २०८०, शुक्रबार ०९:०१
काठमाडौं, भाद्र १५
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ। खेल मलेसियामा बिहान सवा ११ बजे सुरु हुनेछ।
हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गर्दै खेलमा विजयी सुरुवात गरेको छ।
बहराइनले कतारलाई ५ विकेटले पराजित गरेको थियो।





