चितवन, भाद्र १६
नेपाल सितोरियो कराँते संघ बागमती प्रदेशको अध्यक्षमा गगन लामा चयन हुनुभएको छ । संघको हिजो (शुक्रबार ) भरतपुरमा सम्पन्न प्रथम अधिवेशनले लामालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
संघका अन्य पदाधिकारी तथा सदस्यहरु नवनिर्वाचित अध्यक्षले मनोनित गनुहुने बताईएको छ । यस्तै अधिवेशनले केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने सात जना प्रतिनिधिहरु पनि चयन गरेको छ । जसमा प्रकाश मोहन धौभडेल (भक्तपुर), दिपक श्रेष्ठ (ललितपुर), ज्ञान बहादुर जिम्वा (काठमाडौ) , विजय गुरूङ (नुवाकोट) , राधिका देउला (भक्तपुर) , दीपक लामा (मकवानपुर ) र दावा तामाङ ( रसुवा ) रहनुभएको छ ।
नेपाल सितोरियो कराँते संघ केन्द्रीय अध्यक्ष दावा गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सदस्य कल्पना पौडेल खड्का, संघका केन्द्रीय उपाध्यक्ष मझिन्द्र सिंह तथा बागमती प्रदेशका १३ जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित रहेको थियो ।





