१७ भाद्र २०८०, आईतवार १८:३८
काठमाडौं, भाद्र १७
आईसीसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली समुहको छनौट खेलमा नेपालले भुटानलाई ३ विकटले हराएको छ ।
मलेसियामा आइतबार बिहान सम्पन्न खेलमा भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।
ब्याटिङमा निकै संघर्ष गरेको नेपालको लागि कप्तान रुबिना क्षेत्री बलेबासेले अविजित १२ रन बनाउँदै टोलीलाई विजयी गराइन् । बलिङतर्फ भुटानकी अञ्जुली घलेले ३ विकेट लिइन् ।





