१७ भाद्र २०८०, आईतवार २१:०३
काठमाडौं, भाद्र १७
सरकारले आजबाट २४ सै घण्टा हेलो सरकार सञ्चालनमा ल्याएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेल्लो सरकारको शुभारम्भ गर्नुभएको हो।
हालसम्म दुई सिफ्टमा मात्र सञ्चालन हुने गरेको हेलो सरकारमा आजदेखि तीन सिफ्टमा सञ्चालन हुने भएको हो।
हेलो सरकारको टोल फ्री नम्बर ११११ मा गुनासो राख्न सकिनेछ।





