१९ भाद्र २०८०, मंगलवार ०७:५६
काठमाडौं, भाद्र १९
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।





