१९ भाद्र २०८०, मंगलवार ०९:२४
काठमाडौं, भाद्र १९
पछिल्ला दिन निरन्तरजसो ओरालो लाग्दै आएको शेयर बजार हिजो साेमबार सामान्य अंकले सकारात्मक रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से ७ अंकले सकारात्मक रहेर १९ सय ६७ कायम भएर थामियो ।
सुरुवाती समयमा केही तीब्र गतिमा उकालो लागेर १९ सय ७७ सम्म पुगेको नेप्सेमा अन्तिम सम्म उक्त गति कायम हुन सकेन ।
मात्र वित्त समूह नगन्य अंकले रातो रहेबाहेक बाँकी सबै समूहमा हरियाली छाउँदा अर्बमाथिको कारोबार भयो ।





