चितवन, भाद्र १९
दुई दशक देखि नारायणगढको शहिद चोकबाट आफ्नो सेवा शुरु गरेको चितवन हिमाल डेन्टल प्रालिले सेवाग्राही लाई निशुल्क ओपिडी र उपचारमा केहि समयको लागि २० प्रतिशत छुट दिने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडी हालैमात्र सञ्चालनमा आएको हिमाल डेन्टल तथा लाइफलाइन हेयर ट्रान्सप्लाण्ट एण्ड स्क्रिन केयर प्रा.लिमा उक्त अफर दिईएको हो ।
सेवाग्राहीलाई सहुलियत शुल्कमा गुणस्तरीय सेवा दिने उद्धेश्य सहित डेन्टलले उक्त अफर दिएको सञ्चालक जयराम जोशीले जानकारी दिनुभयो । ’हामीले सेवाग्राहीले सस्तो सुलभ शुल्कमा सेवापनि पाउन र हाम्रो गुणस्तरीय सेवाको अनुभव लिउन भन्ने अपेक्षा हो ।’ जोशीले भन्नुभयो ।
उहांँका अनुसार सेवाग्राहीले शुरुवाती चरणको दांँतसम्बन्धी चेकजांँचको लागि शुल्क तिर्नुपर्दैन भने थप उपचारमा केहि समयको लागि २० प्रतिशत छुट दिईनेछ । डेन्टलमा दांँतसम्बन्धी सम्पूर्ण उपचारको साथै हेयर ट्रान्सप्लान्ट र स्कीन केयर सम्बन्धी उपचार पनि शुरु गरिएको जोशीले जानकारी दिनुभयो ।
पछिल्लो समय दांँत उपचारमा सचेतना बढेको भन्दै उपचार गर्ने सेवाग्राहीको संख्यामा पनि बृद्धि हुंँदै गरेको उहांँको भनाई छ । दांँतका शल्यक्रिया, दांँत भर्ने, दाँत राख्ने लगायतका उपचारका लागि नेपाली सेवाग्राही मात्र नभई विदेशी सेवाग्राहीमा पनि आउने गरेको उहांँले बताउनु भयो । ‘नेपालमा भन्दा बिदेशमा दांँतको उपचार अत्यधिक महंगो छ ‘, उहांँले भन्नुभयो , झण्डै आधा विरामी यहांँ उपचार गर्न आउंँछन ।’ विदेशीहरु उपचारको लागि नेपाल आउने गरेको र घुमेर जाने समेत उहांँले बताउनु भयो ।
दक्ष चिकित्सक बिषेशज्ञबाट सेवा दिईरहेको यो डेन्टलले अत्यधुनिक प्रविधिबाट उपचार गर्दै आएको छ । यहाँ निःशुल्क दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टिष्टहरुद्धारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नुपर्ने अथवा झिक्नै नपर्ने गरि फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार, दाँतमा हिरा राख्ने, दाँतको अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्स–रे सहितको सेवा उपलब्ध छन ।









