२० भाद्र २०८०, बुधबार ०८:०७
काठमाडौं, भाद्र २०
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
यस्तै, आज बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार बुधबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ।





