२१ भाद्र २०८०, बिहीबार ०९:१९
काठमाडौं, भाद्र २१
राष्ट्रिय परीक्षा वोर्डले कक्षा १२ को ग्रेड वृद्धिको पूरक परीक्षाको मिति तीन दिन पर सारेको छ ।
आगामी असोज ६ र ७ गतेका लाग तय गरिएको पूरक परीक्षा असोज ९ र १० गते लिने निर्णय वोर्डले गरेको हो । असोज ९ गते मङ्गलबार अनिवार्य अङ्ग्रेजी र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा लिइने छ ।
यस्तै असोज १० गते अनुत्तीर्ण भएको दोस्रो विषयको परीक्षा लिइने वोर्डले प्रकाशित गरेको सूचनामा जनाइएको छ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले बताएको छ ।





