२२ भाद्र २०८०, शुक्रबार ०७:३८
काठमाडौं, भाद्र २२
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जले ५० जना स्टाफ नर्स माग गरेको छ। संस्थानले शुक्रबार सूचना जारी गरी शिक्षण अस्पताल र केन्द्रहरूमा अस्थायी सेवामा ५० जना स्टाफ नर्स माग गरेको हो।
१८ वर्ष भई महिलाको हकमा ४५ र पुरुषको हकमा ४० वर्षसम्मका व्यक्तिले आवेदन दिनसक्ने बताइएको छ। आवेदन दस्तुर १५०० रुपैयाँ रहेको छ ।
त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका व्यक्तिले शुक्राबारदेखि असोज ५ गते दिउँसोसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।






