२३ भाद्र २०८०, शनिबार ०८:१२
काठमाडौं, भाद्र २३
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनाउने भएको छ ।
हिजो शुक्रबार बसेको समितिको बैठकमा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गर्दै समाधानको उपाय खोज्न एउटा कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको हो । कार्यदल भने समितिको आगामी बैठकमा बनाइने भएको छ ।
समितिको आगामी बैठक भदौ २५ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।





