२५ भाद्र २०८०, सोमबार १७:०८
काठमाडौ, भाद्र २५
नेपाली कांग्रेसले बाँकी रहेका ठाउँमा असोज २९ गते भित्र अधिवेशन गर्न निर्देशन दिएको छ।केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिहरूलाई पत्राचार गर्दै असोजभित्र बाँकी रहेका ठाउँमा अधिवेशन गर्न भनेको हो।
कांग्रेसले २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो। यसअघि हुनुपर्ने विभिन्न तहका अधिवेशन गर्न बाँकी रहेका ठाउँमा असोजभित्रै अधिवेशन गरी केन्द्रमा जानकारी गराउन निर्वाचन समितिले आग्रह गरेको हो।





