चितवन, भाद्र २७
रत्ननगर उद्योग बाणिज्य संघको नवनिर्वाचित अध्यक्षको रुपमा शंकर गिरीले बुधबार देखि कार्यभार सम्हाल्नु भएको छ । अघिल्लो निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका गिरी २४औं साधारण सभा तथा दसौं अधिवेशनबाट विधानत् स्वतह अध्यक्षमा निर्वाचित हुनु भएको हो। बरिष्ठ उपाध्यक्ष संघको अध्यक्ष हुने विधानमा व्यवस्था रहेको छ ।
निर्वाचन समितिका संयोजक बार एशोसियसन चितवनका अध्यक्ष अधिबक्ता खगराज कँडेलले गिरीलाई पद तथा गोपनीयताको सपथग्रहण र संघका निर्वतमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठले पद हस्तान्तरण गनुभएको हो। संघको बरिष्ठ उपाध्यक्षमा निराजन खनाल, उद्योग तर्फ उपाध्यक्षमा राममणि थपलिया, बाणिज्य तर्फ उपाध्यक्षमा रामशरण नेपाल, बस्तुगत उपाध्यक्षमा शिव मैनाली, एशोसिएट उपाध्यक्षमा हरि अधिकारी, महासचिवमा उपेन्द्र शर्मा आचार्य र कोषाध्यक्षमा विनोद घिमिरे निर्विरोध निर्वाचित हुनु भएको छ ।
बाणिज्य तर्फ सदस्यमा सुर्यप्रकास रेग्मी, सन्तोष लामा, रामहरि अधिकारी, कमल किशोर मोहता, रविन्द्र श्रेष्ठ, श्रीकृष्ण चौधरी, रविचन्द्र तिमिल्सिना र सागर दुवाडी निर्विरोध निर्वाचित हुनु भएको छ । उद्योग तर्फ सदस्यमा बेदप्रसाद आचार्य, हरिशरण भट्टराई, लक्ष्मीलाल श्रेष्ठ, शम्शेर धामल्ले, सुविन काजी श्रेष्ठ र अनिल अधिकारी, महिला सदस्य तर्फ लक्ष्मी श्रेष्ठ, एशोसियट सदस्य तर्फ अनुप विसुराल, सुवास मिश्र, बस्तुगत सदस्य तर्फ नवराज तिमिल्सिना चयन हुनु भएको छ ।
संघको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिबक्ता कँडेलले अध्यक्ष गिरी सहित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई सपथग्रहण तथा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गनु भएको थियो ।





