२८ भाद्र २०८०, बिहीबार ०९:३६
काठमाडौं, भाद्र २८
एसीसी एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलंका र पाकिस्तान भिड्दैछन्। खेल कोलम्बोमा नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ।
आजको खेलको विजेताले उपाधिका लागि भारतसँग आइतबार प्रतिस्पर्धा गर्ने छ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ।
दुवै टोली २ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्।





