२९ भाद्र २०८०, शुक्रबार ११:५४
काठमाडौं, भाद्र २९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद् बैठकमा सम्बोधन गर्नुहुने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्नु लाग्नु भएका प्रधानमन्त्री दाहालले आज सो विषयमा जानकारी दिन संसदलाई सम्बोधन गर्न लाग्नुभएको हो ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।





