२९ भाद्र २०८०, शुक्रबार १२:२३
काठमाडौं, भाद्र २९
एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र बंगलादेश भिड्दैछन् ।
श्रीलंकाको कोलम्बोमा अपरान्ह सवा ३ बजे खेल सुरु हुनेछ । लगातार दुई जितसहित फाइनलमा पुगिसकेको भारत र लगातार दुई हारसहित सुपर फोरबाट बाहिरिसकेको बंगलादेशबिचको आजको खेल औपचारिकता मात्रै हुनेछ ।
बंगलदेशको लागि भने आजको खेल सुपर फोर चरणमा सान्तोना जित निकाल्ने अवसर बन्नसक्छ । भारतले भने आजको खेललाई फाइनल खेलको वार्म अपको रुपमा लिनेछ ।





