३० भाद्र २०८०, शनिबार ०८:४७
काठमाडौं, भाद्र ३०
नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय साधारण सभा तथा अधिवेशन आगामी असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले बिहीबार एक सूचना जारी गरेर असोजको पहिलो हप्ता अधिवेशन गर्ने जनाएको हो ।
यो अधिवेशनले क्यानको नयाँ नेतृत्वसमेत चयन गर्ने छ । अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउने बताइएको छ ।





