चितवन, भाद्र ३०
चितवनको भरतपुर-१२ आस्था चोकमा अवस्थित ईन्द्रेणी कलेज चितवन कलेज अफ टेक्नोलोजी(सिसिटि)को नामबाट संचालनमा आएको छ।यस अघि भरतपुर-११ बाईपास रोडमा अवस्थित ‘इन्द्रेणी कलेज’ अत्याधुनिक सुविधा सहित नयाँ नामबाट भरतपुर-१२ आस्थाचोकमा संचालनमा आएको हो।
जिल्लाकै सबैभन्दा पुरानो यस आइटी कलेजले हाल आफनै सुविधा सम्पन्न भवनबाट अध्यापन कार्य गर्दै आईरहेको छ ।उक्त कलेजको नयाँ भवनमा सुविधा सम्पन्न पुस्तकालय, कम्प्युटर प्रयोगशाला तथा अनुसन्धान कक्ष, अत्याधुनिक सुविधा सम्पन्न कक्षा कोठा,पर्याप्त खेल मैदान लगायत रहेको छ।वि सं २०७० सालदेखि चितवनमा सिएसआइटी प्रोग्रामबाट सुरु गरेको यस कलेजले हाल आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। गुणस्तरीय शिक्षामा अविच्चिन्न लागि परेको यस कलेजले चितवनमा रहेर आइटीको क्षेत्रमा उत्कृष्ट स्थान हासिल गरेको छ।
देश तथा विदेशमा लामो समय अध्ययन गरी आएका अनुभवी प्राध्यापकद्वारा अध्यापन गराईने यस कलेजमा त्रिभुवन विश्वविद्यालय सम्वन्धन प्राप्त बिसिए,बिआइएम र बिएससि सिएसआइटी संकायको अध्यापन गराईन्छ। यी तिनवटै संकाय अध्ययन गर्नका लागि त्रिवि बाट लिईने प्रवेश परीक्षा उतिर्ण गर्नुपर्ने हुन्छ।
हाल यस कलेजमा स्नातक तहका बिसिए, बिआइएम र सिएसआईटी तीन वटै संकायतर्फ नयाँ भर्ना खुलेको कलेज प्रशासन प्रमुख रवि तिवारीले बताउनुभएको छ । तिवारीका अनुसार यस कलेजमा पढ्दै कमाउदै गर्न सकिने भएकाले पनि विद्यार्थी तथा अभिभावकहरु बिच लोकप्रियता बढ्दै गएको छ। कलेजले हरेक सेमेस्टरमा अतिरिक्त कक्षा समेत संचालन गर्ने गर्दछ । कलेजले जेहेन्दार र मेहेनती विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था गरेको छ।
कलेजले पछिल्लो समय अत्यन्तै रुचाईएको Artificial Intelligence, Flutter, Ethical Hacking, Python, React, CCNA, Graphic Designing लगायतका कोर्षहरु निस्शुल्क रुपमा प्रदान गर्दै आएको छ। अध्ययन अध्यापन बाहेक विद्यार्थिलाई अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिने गरिएको उहाँको भनाइ छ । जस अन्तर्गत इन्ड्रष्टियल गेष्ट लेक्चर दिने, त्रिभुवन विश्वविद्यालयबाट भिजिटिङ फ्याकेल्टीहरु बोलाउने र गेष्ट लेक्चरहरुको उपलब्ध गराउने गरेको उहाँले बताउनुभएको छ ।
सिसिटि कलेजले एकेडेमिक र इन्डष्ट्रिलाई जोड्नका लागि आइटी जस्ता ठूला ठूला कम्पनीमा काम गरिरहेका विज्ञद्वारा तालिम प्रदान गर्ने गरेको प्रशासन प्रमुख तिवारीले बताउनुभयो । अध्ययन अध्यापनसँगै अतिरिक्त विविध कार्यक्रमले गर्दा पनि सिसिटीका उत्पादनहरु फ्युज मेसिन कम्पनीमा स्थापित भएको उहाँको दाबी छ । “समग्रमा विद्यार्थीलाई जिम्मेवार र दक्ष नागरिक बनाउनु नै सिसिटि कलेजको मूख्य उद्धेश्य हो,” उहाँले भन्नुभयो । आगामी दिनमा पनि व्यवहारिक शिक्षण विधिमार्फत् सिकाइलाई प्रभावकारी बनाउन कुनै कसरत बाँकी नराख्ने उहाँले बताउनुभयो ।
सो कलेजमा हालसम्म बिएससि सिएसआईटीमा ५ ब्याच दिक्षित भईसकेका छन भने ,बिआईएम र बिसिएमा अध्ययनरत विद्यार्थी दिक्षित हुने क्रममा छन। कलेजमा पढाई हुने बिसिए संकाय एप्लिकेशनमा बढी केन्द्रीत हुन्छ । यसबाट सफ्टवयर इन्जिनियर, डेभलपर, सिस्टम एनालिस्ट, सुचना अधिकृत लगायत बन्न सकिने सहायक कलेज प्रमुख राम बिनय गुप्ता बताउनुहुन्छ । यसका अलवा विद्यार्थीहरुले उज्वल भविष्य सुनिश्चित गर्नका लागि आफैले कम्पनी खोल्न सक्ने उहाँले बताउनुभयो ।
यस कलेजले उत्पादन गरेका एक विद्यार्थी डेभिएन अपरेटिङमा दक्षिण एसियाकै उत्कृष्ट ३ मा पर्न सफल भएका छन् । कलेजका एक उदाहरणीय उत्पादन अरुण परियार २०७३ को दिक्षित विद्यार्थी हुनुहुन्छ। उहाँ नेपालको पहिलो डेभिएन अपरेटिङ सिस्टम मेन्टेनरको रुपमा स्थापित हुनुभएको छ , उहाँले भन्नुभयो । अरुण बाहेक धेरै विद्यार्थीहरु आइटी कम्पनी खोलेर काम गरेका उदाहरणहरु थुप्रै छन् ।”हाल सिसिटी कलेजमा चितवन लगायत छिमेकी जिल्लाहरु नवलपरासी ,मकवानपुर,गोरखा लगायतका ठाउँहरुका विद्यार्थी अध्ययनरत छन।





