१ आश्विन २०८०, सोमबार ०९:५४
काठमाडौं, असोज १
एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।
कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो ।
एसिया कप क्रिकेट १९८४ देखि सुरु भएको प्रतियोगिता हो । भारतले पछिल्लो पटक सन् २०१८ मा उपाधि जितेको थियो । २०२२ को उपाधि भने श्रीलङ्काले जितेको थियो ।





