चितवन, असोज १
भरतपुर महानगरकी मेयर रेनु दाहालले शैक्षिक पूर्वाधारको हिसाबले महानगरलाई अब्बल बनाउदै प्राविधिमैत्री शिक्षालाई उच्च प्रथामिकता दिएको बताउनुभएको छ । विद्यालयको भौतिकस्तर वृद्धि हामीले कुनै पनि कसर बाँकी नराखि काम भएको छ, उहाँले भन्नुभयो शिक्षाको क्षेत्रमा अब प्राविधक तथा गुणस्तरीय शिक्षा प्रदानका निम्ति भरतपुरले विशेष प्रथामिकता दिएको छ । श्री माध्यामिक विद्यालय गोरीगञ्ज भरतपुर ८ को नवनिर्मित ३ तले भवनको उद्धघाटन गर्दै मेयर रेनुले प्राविधिमैत्री शिक्षा आजको आवश्यकता भएको भन्दै प्रविधिमैत्री विद्यालय बनाउन आफु अग्रसर बनेको बताउनुभयो ।
महानगरले विद्यालयहरुको पूर्वाधारमा राम्रै विकास गरेको र अब भने गुणस्तरीय बृद्धि गराउनेतर्फ ध्यान केन्द्रित गरेको उहाँको भनाई थियो । उहाँले सबैमा शिक्षा पुराउन महानगरमा अटिजम, बहिरा, नेतृहीन, सुस्त मनस्थिती, मस्तिष्क पक्षाघातका बालकालिकालाई छुट्टा छुट्टै पढाई सञ्चालन हुनेले पनि यसको पृष्टि गरेको जानकारी गराउनुभयो । उहाँले श्रीमाविलाई ध्यानमा राख्दै महानगरको शिक्षा ईकाइ, पूर्वधार जिल्ला आयोजना कार्यान्वयन ईकाइ र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको संयुक्त अनुदानमा ३ तलेको १६ कोठे भवन बनाएको बताउनुभयो ।





