२ आश्विन २०८०, मंगलवार १६:५६
काठमाडौं, असोज २
सोमबार सामान्य अंकले हरियो रहेको शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लाग्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर १९ सय ८५ पुग्यो । सोमबार अर्ब तलै खुम्चिएको कारोबार पनि आज सवा अर्ब नजिक पुग्यो ।
होटल र व्यापार समूह बाहेक बाँकी समूह हरियो रहे । जलविद्युत समूहमा सबैभन्दा उच्च ३ प्रतिशतमाथिको वृद्धि आयो ।
वित्त समूह करिब २ प्रतिशत र विकास बैंक समूह डेढ प्रतिशतले उकालो लाग्दा बाँकी बढीजसो समूह दोहोरो अंकले सुधारिए ।





