३ आश्विन २०८०, बुधबार ०८:४८
काठमाडौँ, असोज ३
आज बुधबार दिउँसो देशैभर हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालको पूर्व क्षेत्रमा आज रातिदेखि भारी वर्षाको सम्भावना देखिएको छ।





