४ आश्विन २०८०, बिहीबार ०७:३३
काठमाडौं, असोज ४
आज बिहीबार बिहान लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बांकी प्रदेशमा आंशिक बदली देखी सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक/दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ।





