५ आश्विन २०८०, शुक्रबार ०९:०६
काठमाडौँ, असोज ५
साफ यू-१९ च्याम्पियनशिपमा नेपाल पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको छ ।
बिहीबारदेखि दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको हो ।
पहिलो हाफ गोलरहीत बराबरीमा सकिएकोमा दोस्रो हाफमा पाकिस्तानले गोल गरेको हो ।





