५ आश्विन २०८०, शुक्रबार १८:४८
काठमाडौं, असोज ५
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ । गृह मन्त्रालय शुक्रबार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
सात बुँदे सहमति गरेको हो । सहमतिसँगै शिक्षकहरूले आन्दोलनका कर्यक्रमसमेत फिर्ता लिएका छन्।
यसअघि सरकारका तर्फबाट वार्ता टोलीले सहमतिका लागि प्रस्ताव प्रस्तुत गरेको थियो। सोही प्रस्तावमा केन्द्रीत रहेर सहमति भएको बताईएको छ।





