६ आश्विन २०८०, शनिबार ०८:३४
काठमाडौं, असोज ६
नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुने भएको छ। शुक्रबार शुुरु भएको अधिवेशन अन्तर्गत आज मतदान हुने भएको हो।
नयाँ बानेश्वरस्थित होटेल एभरेष्टमा हुने मतदानका लागि क्यानले मतदाता नामावली सार्वजनिक गरेको छ।
क्यानको विधानअनुसार ८६ जना मतदाता हुने व्यवस्था छ।





