६ आश्विन २०८०, शनिबार ०८:५१
काठमाडौं, असोज ६
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट सिधै चीन जान लाग्नुभएको हो ।
चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चीनको औपचारिक भ्रमणमा जान लाग्नु भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ६ देखि १३ गतेसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने छ ।





