८ आश्विन २०८०, सोमबार ०७:३६
काठमाडौं, असोज ८
आज सोमबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थनमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी र बागमती प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, सोमबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक/ दुई स्थानमा मेघ गर्जन रचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।





